(१) नियन्त्रित सामानहरू बेकम्बा वा बेचल्ती हुन गएमा सो सामानहरू र तत्सम्बन्धित सबै विवरणहरू जाँचबुझ गरी आफ्नो सिफारिश पेश गर्न देहायमा लेखिए बमोजिमका समितिहरू रहनेछन् ।
(क) वाहिनीको लागि
(अ) वाहिनी पतिले खटाएको अधिकृत एक सदस्य
(आ) नजिकको गणका गुल्मबाट वलाधिकृत विभागले खटाएको प्रतिनिधि एक सदस्य
(इ) सम्बन्धित नियन्त्रित सामान सम्बन्धी विशेषज्ञ सदस्य
(ख) गण र सो सरहको फर्मेशनको लागिः
(अ) नजिकको गण वा फर्मेशनबाट अधिकृत विभागले खटाएको अधिकृत एक सदस्य
(आ) सम्बन्धित गण वा गुल्म वा फर्मेशनको पतिले खटाएको अधिकृत एक सदस्य
(इ) सम्बन्धित नियन्त्रित सामान सम्बन्धी विशेषज्ञ एक सदस्य
(ग) गुल्म र सो सरहका फर्मेशनका लागिः
(अ) सम्बन्धित विभाग वा अड्डाले खटाएको अधिकृत एक सदस्य
(आ) सम्बन्धित गुल्म मुख्य अधिकृतद्वारा मनोनीत प्रतिनिधि एक (पाएसम्म अधिकृत) सदस्य
(इ) सम्बन्धित नियन्त्रित सामान विशेषज्ञ एक सदस्य
(घ) डिपोको लागिः
(अ) वलाधिकृत विभाग (व्य.यु.नि.) ले खटाएको अधिकृत एक सदस्य
(आ) सम्भार रथी विभागले खटाएको अधिकृत एक सदस्य
(इ) नियन्त्रित सामान सम्बन्धी विशेषज्ञ एक सदस्य
(२) समितिहरूको अध्यक्ष समितिको सदस्यहरूमध्ये सबैभन्दा वरिष्ठ व्यक्ति हुनेछ ।